कांग्रेससँग हारेका यी मनोनीत कम्युनिस्ट सांसदको प्रधानमन्त्री बन्ने बाटो बन्द
काठमाडौं । एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रिय सभाका मनोनीत सांसद बामदेव गौतमलाई प्रधानमन्त्री बन्ने सम्भावना सदाका लागि समाप्त भएको जनाएका छन् ।
थापाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत गौतम जति छटपटाए पनि प्रधानमन्त्री बन्न नसक्ने बताए ।
‘पार्टी फुटाएर हिंडेका बामदेवको प्रधानमन्त्री हुने संभावना सधैँका लागि सकियो । जति छटपटिए पनि पछि अर्थै भएन’, नेता थापाले भनेका छन् ।
‘बहुमतको सरकार बनाउने संभावनाका बीच २०५६ मा वामदेवले, २०६९ मा अशोक राई– राजेन्द्र श्रेष्ठले र २०७८ मा माधवकुमार नेपालले यो अपराधपूर्ण कार्य गरेका छन्’, थापाले भनेका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा गौतम बर्दियाबाट नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । पराजित भएका गौतम राष्ट्रपतिबाट मनोनीत हुने सांसद बनेर राष्ट्रिय सभामा प्रवेश गरेका छन् ।
उनले भनेका छन्, ‘नेपालमा भने चुनावको मुखमा एमाले फुटाउने, टुक्र्याउने र चोइट्याउने गर्दै आएको देख्न पाइन्छ ।
‘अशोक–राजेन्द्र त मधेशी पार्टीमा पुगेर अंगिकृत नागरिकजस्तो हुन पुगे’, उनले भने, ‘अब देख्न बाँकी माधवकुमार नेपालको हरिबिजोग मात्रै रहेको छ ।’
‘उन (माधव)को पार्टी नेपाली राजनीतिमा पन्ध्र महिनापछि नै स्यालको सिङजस्तै हराउने निश्चित छ’, एमालेका नेता थापाले भने, ‘किनकि जनताले एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरू नजिकबाट हेरेका छन् । दण्ड दिन मात्रै पर्खिरहेछन् ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया