ओलीको पद फुत्किएकै दिन चर्चित युवा नेतृ कांग्रेसमा प्रवेश, राप्रपाको मेरुदण्ड भाँच्चियो, बानियाँद्वारा स्वागत
हेटौँडा । प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रधानमन्त्री पद फुत्किएकै दिन मकवानपुरमा एमालेकी चर्चित युवा नेतृ मञ्जु भोलन नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।
कांग्रेस नेतृ भोलनलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले पार्टीमा स्वागत गरेका हुन् । एमाले नेतृ भोलनले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेपछि मकवानपुरको एमाले पार्टीभित्र बबण्डर मच्चिएको छ ।
हेटौँडामा सोमबार आयोजित विशेष कार्यक्रममा एमाले नेतृ मञ्जु भोलन कांग्रेसमा प्रवेश गरेको कांग्रेस नेता बानियाँका निजी सहयोगी मिलन पुडासैनीले जानकारी दिए ।
कांग्रेस प्रवेश गर्नेमा भीमफेदी– ८ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वडा कार्यसमितिका अध्यक्ष ईपाका चर्चित नेता सानु स्याङ्तान रहेका छन् । स्याङ्तान भीमफेदीमा लोकप्रिय छन् । उनी कांग्रेसमा प्रवेश गरेपछि भीमफेदीमा राप्रपाको मेरुदण्ड भाँच्चिएको छ ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका भीमफेदी गाउँपालिकाका सभापति सञ्जीव श्रेष्ठसहित नेताहरू मोमलाल दोङ, गौरीमाया लामा, श्रीराम कठायतलगायतको उपस्थिति रहेको थियो ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया