मुस्लिमहरूलाई जनगणनामा सहभागी हुन अध्यक्ष अन्सारीको अनुरोध

वीरगञ्ज । मुस्लिम आयोगले राष्ट्रिय जनगणना–०७८ अभियानअन्तर्गत तराईका विभिन्न जिल्लाहरूमा जनचेतनासम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको प्रमुख आतिथ्यतामा बारा, रौतहट, सर्लाही, जनकपुरसहितका जिल्लाहरूमा जनगणनासम्बन्धी जागरण अभियान सञ्चालन गरिएको हो ।

अभियानका क्रममा मुस्लिम समुदायलाई सरकारले शुरु गर्न लागेको जनगणनामा सहभागी हुन अनुरोध गरिएको छ ।

आयोगका अध्यक्ष अन्सारीले जनगणनामा मुस्लिम समुदायलाई आफ्नो पहिचानसहित सहभागिता जनाउन अनुरोध गरेका छन् । उनले जनगणनामा नछुट्न पनि आग्रह गरेका छन् ।

अध्यक्ष अन्सारीले विभिन्न जिल्लामा आयोजित कार्यक्रमहरूमा सहभागी वडाध्यक्ष, मुस्लिम अगुवा, बुद्धिजीवी, समाजसेवी, राजनीतिक दलका जनप्रतिनिधि, धर्मगुरु मौलाना र युवाहरू लगायतलाई जनगणनाको महत्वका विषयमा जानकारी गराएका थिए ।

Published : Saturday, 2021 July 3, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया