श्रमिक र कांग्रेसबीच अनन्य सम्बन्ध, आम नागरिकलाई राहत दिन देउवाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिएका छन् ।
देउवाले शनिबार शुभकामना सन्देश दिँदै श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको बताए । उनले भने, ‘म सम्पूर्ण श्रमिक दिदी–बहिनी तथा दाजु–भाईहरूमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।’
विक्रम संवत २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो ।
सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर वीपी कोइराला लगायत धेरै नेताहरूलाई पक्राउ गरेको श्रम दिवसका दिन स्मरण गरेका छन् ।
नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन रहेको देउवाले बताएका छन् ।
कांग्रेस र मजदुरहरू सधैं एकअर्कामा आवद्ध भएर एकअर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै रहेको उनले बताएका छन् ।
‘देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा छ । अत्यन्त कम संख्यामा पिसीआर परिक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ’, सभापति देउवाले भनेका छन् ।
‘संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ’, उनले भने, ‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ ।’
‘कोभिड—१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाउन तथा लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूको जीवन कष्टकर बन्दै गएकोले आवश्यक राहत र सहयोगको कार्ययोजना अविलम्व ल्याउन म सरकारसँग आग्रह
गर्दछु’, देउवाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया