पूर्वरानीलाई प्लाज्मा थेरापीबाट उपचार, पूर्वराजालाई पनि अक्सिजन दिइयो
काठमाडौं । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।
उनलाई प्लाज्मा थेरापी विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको अस्पतालद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
शाहलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो ।
शुक्रबार पनि उनलाई बिहीबारकै जस्तो हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर विज्ञप्तिमा उल्लेख छ । पूर्व राजा पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको विज्ञप्तिमा जनाइएको छ ।
पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।
उनीहरू तीनैजना गत शनिवारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया