ओलीलाई प्रचण्डले बिहीबार राति जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय समस्या भनेर लगाएको आरोपको जवाफ पाउने भएका छन् ।

दाहालले ओलीलाई आफ्नै शैलीमा जवाफ दिनेछन् । दाहालले बिहीबार राति ९ बजे हिमालय टिभीको यक्ष प्रश्न नामक कार्यक्रममा ओलीलाई कडा जवाफ दिनेछन् ।

ओलीले दुई दिन अगाडि ईमेज टेलिभिजनसँगको अन्तर्वार्तामा दाहाललाई विभिन्न आरोपहरू लगाएका थिए । ओलीको आरोपलाई दाहालले त्यही शैलीमा फर्काउने जनाइएको छ ।

Published : Thursday, 2021 April 29, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया