पोखारामा कांग्रेस महामन्त्री डा.कोइरालाले दिए स्व.केसीलाई श्रद्धाञ्जलि

पोखरा । प्रजातन्त्र सेनानी, नेपाली कांग्रेसका क्रियाशील सदस्य हर्कबहादुर केसीको निधनप्रति कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

स्व.केसीको १२औं दिनको पूण्यतिथिका अवसरमा मंगलबार पोखरा महानगरपालिका– २८ देउमणिमा आयोजना भएको श्रद्वाञ्जलि सभामा डा.कोइरालो शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।

नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा– २८ ले देउमाणिमा श्रद्धाञ्जलि सभाको कार्यक्रम गरेको थियो ।

कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, आफन्त, छिमेकी र परिवारजनको सहभागिता रहेको थियो ।

स्व.केसी नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीका बुबा हुन् ।

कार्यक्रममा कांग्रेसका नेताहरू शुक्रराज शर्मा, यज्ञबहादुर थापा, आइबहादुर गुरुङ, राजु थापा, परिवारकोतर्फबाट बाबुराम केसी, इकाइ उप–सभापति शिवबहादुर अधिकारी, सचिव राजेश अधिकारीले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

श्रद्धाञ्जलि कार्यक्रम इकाई सभापति विकास गुरुङको सभापतित्वमा भएको थियो ।

Published : Tuesday, 2021 April 27, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया