मास्क नलगाएर बाटोमा लखर–लखर हिँड्नेलाई प्रहरीद्वारा ५० हजारसम्म जरिवाना

काठमाडौं । कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि मास्क नलगाई हिँड्नेलाई कञ्चनपुर प्रहरीले जरिवाना गर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सामेबारदेखि महेन्द्रनगरमा मास्क विना हिँडुल गर्नेलाई ५० रुपियाँसम्म जरिवाना गर्न थालेको हो ।

प्रहरीले पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने ३७ जनालाई कारबाही गरेको जनाएको छ ।

कारबाही स्वरुप उनीहरूबाट १८ सय ५० रुपियाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले ‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?’ भन्ने अभियान चलाएको छ ।

प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोनाको संक्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरेको छ ।

Published : Tuesday, 2021 April 27, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया