दाङको राप्तीमा घाँसको बीउ प्रशोधन केन्द्रको भवन शिलान्यास
तीर्थराज ज्ञवाली
मौरीघाट । दाङको राप्ती गाउँपालिकाको मौरीघाटमा घाँसको बीउ भण्डार र प्रशोधन केन्द्रका लागि भवनको शिलान्यास गरिएको
छ ।
गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सोमबार विशेष समारोहमा भवनको शिलान्यास गरेका हुन् ।
भवन कृषि, पशु तथा पंक्षी विकास मन्त्रालयको सहकार्य र नेपाल लाईभ स्टक सेक्टर ईनोभेसन विकेन्द्रित आयोजना सहयोग ईकाई बुटवलको आर्थिक सहयोगमा निर्माण हुन लागेको छ ।
घाँसको बीउ भण्डार, प्रशोधन केन्द्र ५० लाखको बजेटमा निर्माण हुने गाउँपालिका पशु सेवा शाखाका प्रमुख शेरबहादुर हमालले जानकारी दिए ।
भवन ४ कोठाको हुनेछ । एक तल्लाको आरसीसी फ्रेम स्टकचर रहने भवन भूकम्प प्रतिरोधात्मक रहने गाउँपालिकाका ईञ्जिनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।
भवन निर्माणको काम असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको ईन्जिनियर बेल्वासेले बताए । श्री अभियन्ता थापा जेभी बुटवल निर्माण कम्पनीले भवन बनाउने कामको ठेक्का लिएको छ ।
भवनमा घाँसको बीउ ग्रेडिङ गर्ने, प्याकिङ गर्ने, प्रशोधन गर्ने र भण्डारण गर्ने काम हुनेछ । स्थानीय कृषकहरूलाई तालिम, बीउ प्रदान गरिनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया