कोरोनाका बेला विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेर निजी विद्यालय खोल्ने सञ्चालकहरू पक्राउ

राजविराज । विद्यार्थीको स्वास्थ्यमाथि खेलावड गरेर निजी विद्यालय खोल्ने सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।

कोरोना महामारीले ठूलो जोखिम ल्याएका बेला निजी विद्यालयहरूले अटेर गरेपछि प्रहरीले बाध्य भएर नियन्त्रणमा लिएको जनाएको छ ।

राजविराजका विद्यालयहरू वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिइएको थियो ।

निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको पोखरेलले बताए ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले अटेर गर्ने विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणामा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Published : Monday, 2021 April 26, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया