नेविसंघ पर्साद्वारा निजी विद्यालयको हर्कत रोक्न माग

वीरगञ्ज । नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले कोरोना महामारीका बेला निजी विद्यालयहरूले विभिन्न बहाना बनाएर शुल्क असुलेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघ पर्साका सभापति विकाश तिवारी र सचिव रोशन सिंहद्वारा हस्ताक्षर गरेर वीरगञ्ज महानगरपालिकालाई आइतबार ज्ञापन पत्र बुझाएर शुल्क नलिन आग्रह गरेका हुन् । कोरोना महामारीका बेला निजी विद्यालयहरूको ज्यादती बढ्दै गएपछि नेविसंघले सरोकारवाला निकायलाई सचेत गराएको हो ।

‘वीरगञ्ज महानगरपालिकाको शिक्षातर्फको जिम्मेवारी नेपाल सरकारले स्थानीय निकायहरूलाई नै दिइएको हुँदा अहिलेको प्ररिस्थितिमा पनि केही निजी विद्यालयहरूले शुल्क उठाउनको लागि बच्चाहरूको जीवनसँग खेलवाड गरि परीक्षा सचारु गरिरहेको हुँदा नेपाल विद्यार्थी संघको ध्यानाकर्षण भएको छ’, ज्ञापन पत्रमा भनिएको छ ।

नेविसंघ पर्साले भनेको छ, ‘निजी विद्यालयले सुचारु गरिएको परीक्षा यथाशीघ्र बन्द गरि विद्यार्थीको जीवनसँग भइरहेको खेलवाड रोकी दिन आग्रहको साथ बन्द नगरे नेपाल विद्यार्थी संघले कडा कदम चाल्ने जानकारी गराउँदछ ।’

Published : Sunday, 2021 April 25, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया