कांग्रेस नेतृ एवम् पूर्वसांसद सिद्धिकीको कोरोनाबाट निधन
नेपालगञ्ज । कोरोनाभाइरसको संक्रमणबाट बाँके जिल्लामा नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद मोहम्मद सिद्धिकीको मृत्यु भएको छ ।
सिद्धिकीको उपचारका क्रममा शनिबार भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले जानकारी दिए ।
कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सिद्धिकी चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना भएकी थिइन् ।
सिद्धिकी संविधानसभा सदस्य समेत हुन् । विक्रम संवत २०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आएकी थिइन् ।
सिद्धिकी नेपालगञ्जमा स्थापित फातिमा फाउण्डेशन नेपालको संस्थापक अध्यक्षसमेत हुन् । सिद्धिकीको मृत्यु भएसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया