सभापति देउवाद्वारा दाङका चौधरीलाई सदस्यमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाती विभागको सदस्यमा चुर्ण चौधरीलाई मनोनयन गरेका छन् ।

सभापति देउवाले दाङ निवासी चौधरीलाई विभागको सदस्यमा मनोनीत गरेको पत्रमा उल्लेख छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम मनोनयन गरिएको हो ।

दाङ कांग्रेसको राजनीतिमा सक्रिय रहेका चौधरी स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् ।

कांग्रेसको संगठन निर्माणमा उनले आफूलाई सक्रिय बनाउँदै आएका छन् ।

Published : Thursday, 2021 April 22, 8:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया