भोजपुर कांग्रेसका नेता कार्कीका बुबाको निधन
काठमाडौं । नेपाली कांग्रेस भोजपुरका नेता एवम् पौवादुम्वा गाउँपालिकाका सभापति मनोज कार्कीका बुबा निधन भएको छ ।
सभापति कार्कीका ७३ वर्षीय बुबा गणेशबहादुर कार्कीको बुधबार काठमाडौंमा उपचारका क्रममा निधन भएको नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् कांग्रेसका युवा नेता उत्तम चापागाइँले जानकारी दिए ।
काठमाडौंबाट विराटनगर जाने क्रममा गणेशबहादुर कार्कीको बिमानस्थलमा अचानक अस्वस्थ्य भएका थिए ।
उनलाई तत्काल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । चिकित्सकहरूले अस्पतालमा उनको निधन भएको घोषणा गरेको उपाध्यक्ष चापागाइँले जानकारी दिए ।
नेपाल सांस्कृतिक संघ भोजपुरका सभापति समेत रहेका मनोज कार्कीका पिता गणेशबहादुर कार्कीको बिहीबार विराटनगरमा अन्तिम दाहासंस्कार गरिनेछ ।
तरुण दलका उपाध्यक्ष चापागाइँले गणेशबहादुर कार्कीको निधन भएकोमा दुःख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया