बालुवाटारमा अचम्मको बैठक, कसरी आयो उनीहरूको नाम ?
काठमाडौं । सोमबार बिहान एमाले महाधिवेशन आयोजक कमिटीको नाममा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठक अचम्मसँग शुरु र अन्त्य भयो । अध्यक्ष हैसियतमा प्रधानमन्त्री आफैले शुरु गरेर आफै अन्त्य गरे ।
बैठकमा आफै एजेण्डा पेश गर्ने, आफै त्यसमा भाग लिने, आफै निर्णय सुनाउने र आफैले समापन गर्ने प्रधानमन्त्रीको यो शैली देखेर उनका खाँट्टी समर्थक मानिने केन्द्रीय सदस्यहरू पनि रोमाञ्चित भए । न उद्घाटन, न अध्यक्षको आसन ग्रहण, न शहीदप्रति श्रद्धाञ्जलि, न अन्तर्राष्ट्रि गीत, न ब्यानर, न त पार्टीकै झण्ड ! यी काम–कुरा केही भएनन् ।
प्रधानमन्त्री छिरे, सबै जना उठे उनी बसे । सबै जना बसे । अर्थात्, पूर्वराजाहरू भारदारीसभा जस्तै भयो, सोमबारको बालुवाटार बैठक । बैठकको बीचमा महासचिवका हैसियतले ईश्वर पोखरेलले संगठनात्मक कार्ययोजना भनेर केही बोल्दै थिए । उनले जिल्ला अधिवेशन र संगठित सदस्यतासम्बन्धी विषय दुई तीन मिनेट बोल्दाबोल्दै प्रधानमन्त्रीले ‘पख्नोस्, यसमा मै अलिक प्रष्ट पार्छु’ भनी ईश्वरलाई पनि रोके । कर्णालीको फ्लोरक्रस प्रकरणमा माधव नेपाल खेमामाथि कारबाही गर्ने कुरा उठ्यो ।
प्रधानमन्त्रीले नै भने, ‘त्यस्तै २०–२१ जना होलान्, कारबाही गर्नैपर्ने पूर्वबाटै ल नाम टिपौँ, झापाको एउटा के खरेल छ नि, कि निरौला हो…?’ कसैले उठेर पवित्रा भन्यो । पवित्रा झापा संघर्षमा १७ वर्ष जेल जीवन बिताएर नख्खु जेलसमेत ब्रेक गर्ने नरेश खरेलकी पत्नी हुन् । उनले ०४७ मा जितेको २ नम्बर क्षेत्रबाट निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेल उठ्न इच्छुक थिए ।
यसो भन्दाभन्दै खगराज अधिकारीले भने, ‘अहिले व्यक्त व्यक्तिका नाम नभनौँ, पछि तपाईहरू सल्लाह गरेर माइन्युटमा लेखे भयो नि !’ अनि प्रधानमन्त्रीको जवाफ आयो, ‘अँ, माइन्युटमा लेखिन्छ । यी नामहरू’ बैठकमा भएको जम्मा यत्ति हो । तर, आज ३२ जनाको नाममा स्पष्टीकरणपत्र काटिएको छ । (जनआस्था साप्ताहिकबाट साभार)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया