गृहमन्त्री बादललाई फाल्ने, ओलीको कम्युनिस्ट सरकार ढाल्ने
काठमाडौं । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस् चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ प्रधानमन्त्रीमा । माओवादी केन्द्रले राष्ट्रिय सभा सभा सदस्य पद रिक्त गराएपछि जेठको दोस्रो साता हुनुपर्ने चुनाव बागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हार्ने देखिन्छ ।
चितवनबाट ०६४ मा जितेका बादललाई ०७४ माघको राष्ट्रिय सभा चुनावमा एमाले र माओवादी केन्द्र मिलेर जिताएका हुन् । उनलाई जिताउनका लागि केपी ओलीले माधव पक्षीय बेदुराम भुसाललाई उम्मेदवारी फिर्ता लिन लगाएका थिए । अहिले बागमती प्रदेशमा एमाले स्पष्टतः आधा–आधा छ ।
प्रदेश सभा सदस्य ११० मतभारत ५२८० गाविसि अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर, उपमेयर २३८ मतभार ४२८४ सहित जम्मा ३४८ मतभार ९५६४ ले बादललाई सर्लक्कै जिताउलान् भन्ने ग्यारेन्टी छैन ।
माओवादीका बादलबाहेक सबै सर्लक्कै एकातिर छन् । त्यसमाथि कांग्रेससँग एमालेको माधव समूह र माओवादीले चुनावी गठबन्धन गर्ने सम्भावना पनि बढेको छ ।
कर्णालीमा खुला मतदान हुँदा त फ्लोरक्रस हुन थालेपछि गाप्य मतदानमा पराई भइसकेका बादललाई कसले के भनेर जिताउलान् ? राष्ट्रिय सभाको यो खिचलोमा छिर्नुअघि नै प्रधानमन्त्रीले माधव नेपालसहित उनको पक्षमा रहेका ३२ सांसदको पद रिक्त गराउने प्रक्रिया अघि बढाएका छन् । यसो गर्दा अविश्वासको प्रस्ताव सजिलै पास हुँदैन, अर्कोखाले गठबन्धनबाट पनि नयाँ सरकार बन्दैन । र, यही बहानामा चुनावमा जान सकिने हिसाव बालुवाटारके देखिन्छ ।
बुझिएअनुसार प्रतिनिधि सभाका रिक्त सिटहरूमा उपचुनाव गराएर अर्ली इलेक्सनमा जान पनि तत्लका सम्भव भएन । त्यसकारण अहिले निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रदेश र स्थानीय तहका हकमा मात्रै उपचुनाव गराउने नीति बनेको छ ।
अनि, माधव समूहलाई चुनावसम्म निर्दलीय बनाउनका लागि निर्वाचन आयोगले पनि एमाले विवादलाई आन्तरिक मामिला भनेर उसै त माओवादीसँग छुट्टिएपछि अल्पमतमा परेको सरकार प्रतिनिधि सभाका २७ भाइ आफ्नै सांसदको पद खोस्नेतिर लाग्दा १२१ बाट ९४ मा झरी झन् कमजोर हुने पक्का छ ।
निर्वाचन आयोग उपचुनाव गराउनुपर्छ भन्ने मानसिकतामा त छ । तर, कहाँ कहाँका लागि त्यस्तो चुनाव गराउने भन्ने अझै टुंगो लागेको छैन । कहिलेसम्म रिक्त भएको पदमा उपचुनाव गराउने भन्ने पनि ठेगान छैन । राष्ट्रिय सभाको एक पद रिक्त भएको सूचना आयोगले पाइसकेको छ ।
अरु पद पनि रिक्त हुने क्रम शुरु भएको छ । तर, रिक्त प्रदेशमा सदस्यबारे औपचारिक जानकारी छैन । ढिलो–चाँडो त्यस्तो जानकारी पाउलानै । त्यस बेलासम्म निर्वाचन व्यवस्थापनका काममा ढिलाइ होला भनेर उसले अनौपचारिक विवरण भने अद्यावधिक गरेको स्रोतले जनाएको छ । (जनआस्था साप्ताहिकबाट साभार)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया