विश्व हिन्दु युवा संघको राष्ट्रिय भेला स्थगित

काठमाडौं । विश्व हिन्दु युवा संघको प्रथम राष्ट्रिय भेला तयारी नपुगेको भन्दै स्थगित भएको छ ।

युवा संघका अध्यक्ष ऋषिकेशजंग शाहले बुधबार विज्ञप्ति जारी गरेर वैशाख १० गते नवलपरासीमा गर्ने भनिएको भेला स्थगित गरिएको जनाएका छन् ।

संघको घेला नवलपरासीको दाउन्ने कैलाश धाममा आयोजना हुन लागेको थियो ।

नवलपरासीमा स्थगित भएको भेला आन्तरिक छलफलपछि अब पोखरामा आयोजना गर्ने अध्यक्ष शाहले बताएका छन् ।

Published : Wednesday, 2021 April 21, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया