गण्डकी प्रदेशमा कांग्रेसका यी सांसद बन्ने भए मुख्यमन्त्री, ओली र एमालेको सातोपुत्लो उड्यो
पोखरा । एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङलाई माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसलाई सरकार बनाउन बाटो खुलेको छ ।
कांग्रेस प्रदेश सांसद कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई समर्थन दिन माओवादी केन्द्र सहमत भएको छ । पोखरेल कांग्रेस संसदीय दलका नेता पनि हुन ।
राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित भएको छ ।
गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार बनाउने सम्भव बढेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको भेटमा गण्डकीको मुख्यमन्त्री कांग्रेसले लिने सहमति बनेको उच्च स्रोतले जनाएको छ ।
एमालेका मुख्यमन्त्री गुरुङविरुद्ध एक–दुई दिनभित्र अविश्वासको प्रस्ताव दर्ता हुनेछ । गण्डकी प्रदेशमा ६० सदस्यीय रहेको छ । बहुमतका लागि ३१ जना प्रदेशसभा सदस्य चाहिन्छ ।
एमालेसँग २७ सांसद छन् । दोस्रो ठूलो दल कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रका १२ । माओवादीबाट निर्वाचित नेत्रनाथ अधिकारी सभामुख छन् ।
राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् ।
मुख्यमन्त्री गुरुङले पद बचाउन जनमोर्चालाई फकाउने प्रयास गरेका थिए । जनमोर्चाले एमाले र केपी ओलीलाई राष्ट्रघातीको आरोप लगाउँदै समर्थन फिर्ता लिएको छ ।
मुख्यमन्त्री पद फुत्किने भएपछि गुरुङले प्रधानमन्त्री ओलीसँग समर्थन जुटाइदिन अनुरोध गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङलाई बहुमत पुर्याउन ओलीको पनि केही चलेन । आखिरमा गुरुङले मुख्यमन्त्री पद गुमाउने पक्का जस्तै भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया