युवा नेतृ थापालाई कांग्रेसले दियो जिम्मेवारी, विज्ञका रुपमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ शर्मिला थापा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको साना तथा मझौला उद्योग तथा हस्तकला विषयगत समितिमा विज्ञका रुपमा नियुक्त भएकी छिन् ।

कांग्रेसका उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नेतृृ थापालाई विज्ञका रुपमा नियुक्त गरेका हुन् ।

साना तथा मझौला उद्योग तथा हस्तकला समितिको संयोजक भ्रदा भण्डारी रहेकी छिन् ।

सर्लाही जिल्ला निवासी कांग्रेस नेतृ थापा नेविसंघ, तरुण दलमा सक्रिय छिन् ।

Published : Tuesday, 2021 April 13, 8:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया