सरकार परिवर्तनको खेलमा नलागौँः गंगा चौधरी
काठमाडौं । एमालेकी सांसद गंगा चौधरीले सरकार परिवर्तनको खेलमा नलाग्न सचेत गराएकी छिन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले आफ्नो स्वार्थ त्याग गरेर राष्ट्र निर्माणमा लाग्न सुझाव दिएकी छिन् । उनले भनेकी छिन्, ‘सरकार परिवर्तन गर्ने खेलमा लाग्ने होइन, आफ्नो स्वार्थको राजनीति त्याग्नुपर्छ ।’
‘राष्ट्र निर्माण र राष्ट्रियताको लागि एकतावद्ध भएर समृद्ध नेपाल, सुखी नेपालीको मूल अभियानमा सरकारसँग आत्मसात गरि अगाडि बढौं’, सांसद चौधरीले भनेकी छिन् ।
‘हामीभित्र रहेको कुविचार र रंगभेद परिवर्तन गर्नुपर्छ’, उनले भनेकी छिन्, ‘विगतमा बन्द भएका कलकारखाना, भत्काएका पुल–पुलेसाहरूको काँचुली फेर्न सरकार सक्रिय छ ।’
‘बेरोजगार युवा पुस्ताहरूलाई विदेश जानबाट रोक्ने र रोजगारीको व्यवस्था गर्न सरकार अग्रसर छ’, सांसद चौधरीले भनेकी छिन्, ‘देशको मुहारमा मुस्कान ल्याउनुपर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया