कांग्रेस नेतृ पुष्पा भुसालले कम्युनिस्ट सरकारको सातो लिइन्
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटि गरेको भन्दै प्रधानमन्त्रीको जवाफ मागेकी छिन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा विशेष समयमा बोल्दै भुसालले विभूषणमा नेपालको संशोधित नक्शा नराखिएकोमा आपत्ति जनाएकी हुन् ।
उनले भूमि फिर्ता ल्याउन सरकार गम्भीर नभएको, पाठ्यक्रममा समावेश गर्न रोकिएको र नेपाली भूमिमा पूर्वाधार निर्माणका काम भइरहँदा पनि उपयुक्त कदम नचालिएको आरोप लगाएकी छिन् ।
उनले २७ गते राष्ट्रपतिबाट प्रदान भएको विभूषणमा नयाँ नक्शा नरहेको भन्दै कम्युनिस्ट सरकारको जवाफ माग गरेकी हुन् ।
‘गम्भीर भूल सरकारले किन गरेको छ भन्ने संसदले जान्न खोजेको छ’, उनले भनेकी छिन्, ‘संसदमा आएर यसको जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छौं ।’
कम्युनिस्ट सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वितरण गरिएको विभूषणमा नेपालका पुरानो नक्सा राखिएको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको नक्सालाई ओली सरकारले विभूषणमा राखेको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया