देउवाजीको नेतृत्वमा नयाँ सरकार बन्छः महामन्त्री डा.कोइराला
भरतपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
चितवनको भरतपुरमा शनिबा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले देउवा छिट्टै प्रधानमन्त्री बन्ने बताए । उनले कांग्रेसको नेतृत्वमा सरकार बनाउन गृहकार्य भइसकेको बताएका छन् ।
‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ’, डा.कोइरालाले भने, ‘यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’
महामन्त्री डा.कोइरालाले जनता समाजवादी पार्टीसँग सरकारका विषयमा छलफल भइरहेको बताए । उनले जसपाको विषयमा केही दिनमा नै टुङ्गो लाग्ने उल्लेख गरे ।
‘जसपासँग छलफल भइरहेको छ’, महामन्त्री डा.कोइरालाले भने, ‘उहाँहरू पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।’
उनले जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने दाबी गरेका छन् ।
डा.कोइरालाले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए ।
‘समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भने, ‘सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन ।’
महामन्त्री डा.कोइरालाले सभापति देउवालाई सजिलो हुने गरेर अभिव्यक्ति दिएका छन् ।
शुक्रबार काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा जाने विषयमा देउवालाई सार्वजनिक कार्यक्रममै कुटौलाझैँ गरि झम्टिन थालेपछि कांग्रेसभित्र असहज परिस्थिति सिर्जना भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया