खतिवडाले कम्युनिस्टहरूको औकात देखाइदिए, ओलीको राष्ट्रवाद विदेशसामु लम्पसार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले विदेशी शक्तिलाई खुसी बनाउन नेपालको पुरानो नक्सा राखेर पदक वितरण गरेको टिप्पणी गरेका छन् ।

कांग्रेस नेता खतिवडाले शनिबार ट्वीट गर्दै ओलीले सत्ता बचाउन नेपालको पुरानो नक्सा पदकमा राखेको बताए । ओली सत्ताका लागि विदेशीसामु लम्पसार र आत्मसमर्पण गरेको बताए ।

‘सूर्य चिन्ह अंकित तक्मा ! नेपालको नक्सा, जुन नक्सामा सबै पार्टीले सदनबाट पारित गरेको चुच्चे नक्सा छैन’, खतिवडाले भने, ‘किनकि नेपाल र नेपाली जनताभन्दा प्रधानमन्त्री ओलीज्यू विदेशी खुशी बनाउन तल्लीन हुनुहुन्छ ।’

कांग्रेस नेता खतिवडाले भने, ‘सत्तामा पुग्न राष्ट्रवादी, पुगेपछि विदेशीसंग लम्पसार र आत्मसमर्पण ।’

झण्डै दुईतिहाइको ओलीको कम्युनिस्ट सरकारले पदक तथा विभुषणहरू वितरण गरेको छ । पदकमा ओलीले नेपालको नयाँ नक्सा प्रयोग नगरेर पुरानै नक्सा राखेका छन् ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सालाई प्रतिनिधि सभाले एकमतले पारित गरेर कार्यान्वयनमा ल्याएको थियो ।

ओलीको फुस्किदै गरेको प्रधानमन्त्रीको कर्सी बचाउन विदेशीलाई खसी बनाउन पुरानै नक्सा प्रयोग गरेको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।

ओलीको कथित राष्ट्रवादको मुखुण्डो नाङ्गिएको भनेर खतिवडाले टिप्पणी गरेका छन् ।

कांग्रेसका नेताहरूले सत्ताका लागि मात्रै जनता झुक्काउन कम्युनिस्टहरू राष्ट्रवादी हुने गरेको भनेर आरोप लगाउँदै आएका छन् ।

कांग्रेसको त्यही आरोपलाई पुष्टि हुने गरेर ओली सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण गरिएको पदकमा नेपालको नयाँ नक्सानै गायब बनाइएको छ ।

Published : Saturday, 2021 April 10, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया