नेताहरूमा खेलाडीको जस्तै अनुशासन आवश्यक छः विश्वप्रकाश शर्मा
चापागाउँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खेलाडीहरूमा जस्तै राजनीतिक दलका नेताहरूमा अनुशासन आवश्यक रहेको बताएका छन् ।
ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा आयोजित वीर गणेशमान सिंह स्मृति चौथो खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नेताहरूले अनुशासनमा ध्यान दिनुपर्ने बताए । खेलाडीहरूमा हुने अनुशासनले नै खेलाडीलाई विश्वभरि सबैले चिन्ने गरेको उनले बताए ।
कांग्रेसका प्रवक्ता शर्माले राजनीतिको मैदानबाट खेलको मैदानमा खेलाडीहरू कसरी अनुशासित छन् भन्ने कुरालाई ध्यान दिनुपर्ने बताए । उनले खेलकुदमा राज्यको लगानी बढाउनुपर्ने बताएका छन् ।
कांग्रेसका प्रवक्ता शर्माले बालुवाटारमा भएको रिङभित्रको बक्सिङको कुराले पूरै मुलुक हलचलमा रहेको बताएका छन् ।
‘जितेको खेलाडीलाई हारेको खेलाडीले बोकेको देखेको छु । यसलाई बुझे पुग्छ’, शर्माले भने, ‘खेलाडीको यही अनुशासनलाई सबैले अनुशरण गर्नुपर्छ ।’
नेपाली खेलाडीहरूले पनि विश्वका कुनै पनि मुलुकसँग प्रतिस्पर्धा गर्न सक्ने बताएका शर्माले खेलाडीलाई त्यही किसिमको सुविधा र सामाजिक सुरक्षा दिनुपर्ने बताए ।
‘विश्वकप हुँदा मन पर्ने खेलाडी वा देशको फुटबलको जर्सी हामी लगाउँछौँ’, उनले भने, ‘कुनै दिन जर्सी लगाएर उभिदा हामीले नेपालीको शरीरमा अरु देशको भेष्ट हुने छैन भन्ने विचार गर्नुपर्छ । हाम्रो शरीरमा हाम्रै खेलाडी र देशको चन्द्र र सूर्यको भेष्ट हुनेछ ।’
खेलकुदमा लगानी भयो भने अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिष्ठा बढ्ने शर्माले बताए । उनले खेलकुदमा लगानी बढाउँदा स्वास्थ्यमा कटौती गर्दा पनि केही नहुने बताएका छन् । उनले भने, ‘खेलकुदबाट शरीर स्वस्थ्य भएपछि त्यसको फाइदा व्यक्तिलाई हुन्छ । व्यक्ति बिरामी पर्दैन भन्ने सोँच राख्नुपर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया