माओवादीले लात हानेकालाई ओलीले बनाए मन्त्री, सपथ पनि लिए
काठमाडौं । माओवादीको कारबाहीमा परेर सांसद पद फुत्किएका चार जना नेताहरूले मन्त्री पदको सपथ लिएका छन् ।
पदमुक्त भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
माओवादीबाट कारबाहीमा परेका चारै जनाले पहिलेकै मन्त्रालयमा नियुक्त लिएका छन् ।
रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सपथ लिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भट्ट ३ फागुन २०७५ मा केपी ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन् ।
रायमाझी, साह र चौधरी भने प्रनिनिधिसभा विघटनपछि १० पुसमा पुनर्गठित मन्त्रिपरिषदमा सदस्य बनेका थिए ।
संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ ।
माओवादी केन्द्र छाडेर यी चार जनाले एमालेमै रहेपछि ओलीले काखी च्यापरेका थिए । माओवादीले सांसद पद उडाइदिए पनि ओलीले पुनः मन्त्री बनाएर सबैलाई जिल बनाइदिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया