सिरहाकी जानकी देवीलाई सांसद बनाउने ओलीको निर्णय

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रतिनिधिसभाको समानुपातिकतर्फ रिक्त पदमा जानकीदेवी रामलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बन्द सूचीको ८८औँ नम्बरमा रहेकी सिरहा निवासी रामलाई एमालेले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि सिफारिस गर्न लागेको एक नेताले बताए । एमालेले आयोगमा रामलाई सांसद बनाउन पत्राचार गर्नेछ ।

इलामकी सानु शिवाको निधन भएपछि प्रतिनिधि सभामा एमालेको सांसद पद रिक्त थियो । सोही पदमा एमालेले रामलाई सिफारिस गर्न लागेको छ ।

एमालेले रामलाई प्रतिनिधि सभाको सांसद बनाएपछि अब सांसदमा १ सय २१ सांसद रहनेछन् ।

Published : Tuesday, 2021 March 30, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया