काठमाडौंमा ४८१ जना संक्रमित, ७६८ जना डिस्चार्ज, कुन जिल्लामा कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि १ हजार ६९ जनामा कोरोना देखिएको जनाएको छ ।

मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ३४४ महिला र ७२५ पुरुषमा कोरोना देखिएको बताए । काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना देखिएको छ ।

प्रवक्ता डा.गौतमले ७६८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको जानकारी दिए ।
उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा २, झापामा १४, पाँचथरमा १, मोरङमा १२, सुनसरीमा ५६ जनामा कोरोना भेटिएको छ ।

धनुषामा १, पर्सामा २, बारामा ११, महोत्तरीमा २, रौतहटमा ५, सप्तरीमा १, सर्लाहीमा १९ जनामा कोरोना देखिएको छ ।

काठमाडौंमा ३९३, काभ्रेमा ८, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, नुवाकोटमा २, भक्तपुरमा ३०, मकवानपुरमा ६, रसुवामा १, रामेछापमा २, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा १, सिन्धुलीमा ६ जनामा कोरोना देखिएको छ ।

कास्कीमा ४, गोरखामा ८, तनहुँमा ५, नवलपुरमा १५, पर्वतमा १, लमजुङमा ३२ जनामा कोरोना देखिएको छ ।

अर्घाखाँचीमा ९, कपिलवस्तुमा ७, गुल्मीमा १३, दाङमा १३, नवलपरासीमा ४, पाल्पामा १, प्यूठानमा १, बर्दियामा ७, बाँकेमा ३३, रुकुम पूर्वमा १, रुपन्देहीमा ९१ जनामा कोरोना देखिएको छ ।

जुम्लामा २, दैलेखमा २, सल्यानमा १, सुर्खेतमा १, अछाममा १३, कञ्चनपुरमा ४, कैलालीमा २०, डडेल्धुरामा २, डोटीमा २४, बझाङमा ४० र बैतडीमा १२ जनामा कोरोना देखिएको छ ।

Published : Tuesday, 2020 September 1, 4:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया