काठमाडौंमा केन्द्रीय कारागारका तीन कैदीको मृत्यु
काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोरोना संक्रमित ४० वर्षीय पुरूष रहेका छन् । उनलाई भदौ १० गते कोरोना संक्रमण देखिएको थियो । उनको सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूष रहेका छन् । उनीहरूको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको थियो ।
तीमध्ये एक जनाको कोरोना रिपोर्ट भदौ ५ गते नेगेटिभ आएको थियो । अर्का व्यक्तिको स्वाब परीक्षणको लागि पठाइएको छ ।
केन्द्रीय कारागारमा अहिलेसम्म ५२ जना कैदीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
Published : Tuesday, 2020 September 1, 1:08 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया