कांग्रेसका सञ्जयसँग नराम्रोसँग हारेका बामदेवद्वारा मनोनीत सांसद बन्न हारगुहार

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले नराम्रोसँग हराएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा मनोनीत सांसद बन्न जाेडबल शुरु गरेका छन् ।

गौतमलाई राष्ट्रिय सभाको सांसदमा मनोनीत गरेर उपप्रधान एवम् अर्थमन्त्री बनाउने चर्चाले सोमबार काठमाडौं दिनभरि तातिएको छ । गौतमले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई बालुवाटारमा भेटेर राष्ट्रिय सभाको सांसदमा मनोनीत गर्न अनुरोध गरेका हुन् ।

गौतमले सोमबार विभिन्न सञ्चारमाध्यमहरूलाई दिएका अन्तार्वार्ताहरूमा राष्ट्रिय सभाको मनोनीत सांसद बनाउन ओलीलाई अनुरोध गरेको बताएका छन् ।

ओलीको विरोधी गुटमा रहेका गौतमले आचनक सांसद बन्ने रहर गरेका छन् । उनी सांसद हुनेवित्तिकै गौतमलाई मन्त्री बनाउने चर्चा पनि छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेको वा पराजित भएको व्यक्तिलाई मन्त्री बन्ने बाटो छैन । तर, गौतमले उपप्रधान र अर्थमन्त्री पद तोकेका छन् ।

भदौ २० गते अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल समाप्त हुँदै छ । डा.खतिवडाको ठाउँमा जानका लागि कांग्रेसका सञ्जयकुमार गौतमसँग हारेका बामदेव गौतमले रहर गरेका हुन् ।

Published : Monday, 2020 August 31, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया