कांग्रेसमा झगडा होइन, मेलमिलापको खाँचो छः रामहरि खतिवडा
ज्यामिरे । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसमा मिलमिलापको खाँचो रहेको बताएका छन् ।
संगठन सुदृढीकरणका लागि गृहजिल्ला ओखलढुंगाको ज्यामिरेमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता खतिवडाले कांग्रेसमा तलदेखिमाथिसम्म मेलमिलापको खाँचो रहेको बताएका हुन् ।
कांग्रेसभित्रको आन्तरिक किचलोले पार्टी कमजोर भएको उनले बताए । खतिवडाले वीपी कोइरालाको सिद्धान्तअनुसार कांग्रेसका नेता कार्यकर्ता अघि बढ्नुपर्ने बताएका छन् ।
‘कांग्रेसमा यो बेला मेलमिलापको खाँचो छ’, उनले भने, ‘गाउँटोलदेखि केन्द्रसम्मका कांग्रेस एकले अर्कालाई सहयोग र सम्मान गरेर अघि नबढ्दा पार्टी अहिले यो हालतमा पुगेको हो ।’
खतिवडाले कोरोनाभाइरसको संक्रमणले देश समस्यामा रहेको भन्दै जनताको जीवन बचाउन सरोकारलावा निकायले विशेष ध्यान दिनुपर्ने बताए ।
‘कोरोनाको कहर छ । यतिबेला सबै मिलेर यो रोगलाई परास्त गर्दै कांग्रेसलाई बलियो बनाउन लाग्नुस् म सबै नेता कार्यकर्तालाई अनुरोध गर्न चाहन्छु’, खतिवडाले भनेका छन् ।
उनले ओखलढुंगामा कांग्रेस बलियो बनाउने अभियानमा यतिबेला सबै शक्ति लागि परेको बताए ।
‘हामी धेरै भन्दौन, ओखलढुंगा जिल्ला हिँजो जस्तै, भोलिपनि कांग्रेसकै किल्ला बनाएरै छाडिन्छ’, उनले भनेका छन् ।
नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीप सुनुवारले जनतालाई झुठको आश्वासन दिएर जितेका कम्युनिस्टका कारण सिङ्गो देश समस्यामा परेका बताए । उनले कोरोना महामारी नियन्त्रण गर्न नसकेको कम्युनिस्ट सरकारलाई जनताले राम्रोसँग चिनेको बताए । उनले कांग्रेसलाई एकताबद्ध भएर बलियो बनाउनुपर्ने बताए ।
कार्यक्रममा उपसभापति तेजेन्द्र खनाल, जिल्ला सचिवद्वय रुद्र अधिकारी र नवराज केशी, नेताहरू बालकृष्ण दाहाल र डिल्लीराम खनाल लगायतले ओखलढुंगामा कांग्रेस बलियो बनाउन सबैको योगदान आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसले ओखलढुंगामा कृयाशील सदस्य नवीकरण, नयाँ सदस्यता वितरण र पार्टी प्रवेशको कार्यक्रम गर्दै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया