गगन थापाको ट्वीटले खैलाबैला, कमिशन खाएका भ्रष्टहरूलाई तनाब
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले रेलमार्ग निर्माणका सन्दर्भमा संसदीय समितिले छानविनको कार्य अघि बढाउनुपर्ने बताएका छन् ।
सोमबार ट्विट गर्दै थापाले संसदको सार्वजनिक लेखा समितिसहितका संसदीय समितिहरू मौन बसेकोमा आश्चर्य व्यक्त गरेका छन् । रेलमार्ग निर्माणमा नीतिगत, कानूनी र प्राविधिक प्रश्न उठेको थापाले उल्लेख गरेका छन् ।
‘संसदीय समितिहरू मौन बस्न मिल्दैन’, उनले भने, ‘अग्रसरता लिएर सत्यतथ्य छानबिन गर्नुपर्छ ।’
रेलमार्गकोे प्राविधिक र आर्थिक मूल्याङ्कन नहुँदै ठेक्का, भागबन्डा लगायतका विषयमा प्रश्न उठेको उनले ट्विटमा लेखेका छन् ।
१०६ किलोमिटरको रेलमार्ग निर्माणका लागि सरकारले टेण्डर मूल्यांकन नहुँदै ठेक्का बाँडफाँट गरेको छ ।
इनरुवा–काकडभिट्टा रेलमार्गका लागि विभिन्न निर्माण कम्पनीलाई ठेक्का बाँडफाँट भइसकेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया