काठमाडौं महानगरका मेयर शाक्यलाई कोरोना
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । दुई दिनअघि उनले स्वाब दिएका थिए ।
मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सञ्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । मेयर शाक्यकी पन्तीको स्वावको रिपोर्ट नेगेटिभ आएको छ ।
मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।
Published : Monday, 2020 August 31, 6:38 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया