यी हुन् कोरोनाको डरले मन्त्रिपरिषद बैठकमा नआएका मन्त्री

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका अर्थमन्त्री डा.युवराज खतिवडा कोरोनाभाइरसको संक्रमणको डरले मन्त्रिपरिषद बैठकमा अनुपस्थित भएका छन् ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा मन्त्री डा.खतिवडा अनुपस्थित भएका हुन् । बैठकमा डा.खतिवडालाई नदेखेपछि सोधिखोजी भएको थियो ।

स्रोतका अनुसार आइसोलेसनमा बसेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल बैठकमा सहभागी हुने भएपछि डा.खतिवडा अनुपस्थित भएका हुन् ।

भदौ २० गतेबाट खतिवडाको कार्यकाल समाप्त हुँदै छ । संवैधानिक व्यवस्थाअनुसार सांसद नरहेको व्यक्ति छ महिनाभन्दा धेरै मन्त्री हुन पाउँदैन ।

Published : Monday, 2020 August 31, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया