आइतबार काठमाडौंमा अहिलेसम्मकै उच्च संक्रमित, १४ को मृत्यु, देशभरिको संख्या १२ सय कट्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४२९ जनामा कोरोना देखिएको जानकारी दिए । उनले ३४८ जना महिला र ८७३ पुरुष गरि १२ सय २१ जनामा कोरोना देखिएको छ ।

उनले काठमाडौंमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा २६७ कोरोनाबाट निको भएका छन् । उनीहरू घर फर्किएका छन् ।

इलाममा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, मोरङमा ४९, संखुवासभामा २, सुनसरीमा ३३ जनामा कोरोना देखिएको छ ।

धनुषामा ७५, पर्सामा ४६, बारामा ८२, महोत्तरीमा ३७, सप्तरीमा ६, सर्लाहीमा ३४, सिरहामा २६ जनामा कोरोना देखिएको छ ।

काभ्रेमा २५, चितवनमा ९०, धादिङमा ३, मकवानपुरमा ९, रामेछापमा १, सिन्धुपाल्चोकमा २, सिन्धुलीमा ५ जनामा कोरोना देखिएको छ ।

कास्कीमा ५, गोरखामा ५, तनहुँमा ४, नवलपुरमा २, बाग्लुङमा ३, अर्घाखाँचीमा ३, कपिलवस्तुमा २५, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा २१, पाल्पामा ८, प्यूठानमा ५, बर्दियामा ६, बाँकेमा १४, रुपन्देहीमा ६१ जनामा कोरोना देखिएको छ ।

अछाममा ८, कञ्चनपुरमा १, कैलालीमा ६, डोटीमा ११, दार्चुलामा २, बझाङमा ४७ जनामा कोरोना देखिएको छ ।

यसैबीच, १४ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १० जना पुरुष रहेका छन् ।

सुनसरीको ७४ वर्षीया, बाराको ४७ वर्षीया, महोत्तरीको ६२ वर्षीया र काठमाडौंको ७२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

सुनसरीको ६० वर्षीय, मोरङको ६२ वर्षीय, महोत्तरीको ७० वर्षीय, ३५ वर्षीया, रौतहटको ३० वर्षीय, ललितपुरको २९ वर्षीय, भक्तपुरको ६५ वर्षीय, नवलपरासीको ६२ वर्षीय, रुपन्देहीको ५७ वर्षीय पुरुष, ६७ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा.गौतमले बताए ।

Published : Sunday, 2020 August 30, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया