रुखकाे छहारीमा बस्ने विषयमा नेकपा, कांग्रेस र जसपाबीच हानाहान
लहान । सिरहाको भगवानपुर र बरियारपट्टि गाउँपालिकामा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का स्थानीय कार्यकर्ताबीच झडप भएको छ ।
कांग्रेस, नेकपा र जसपाका कार्यकर्ताबीच शनिबार र शुक्रबार राति कुटाकुट भएको हो ।
त्यसमा दुई प्रहरीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । कोही स्थानीय अस्पतालमै उपचार गराएर घर फर्केका छन् । कोही विराटनगरमा उपचार भइरहेको छ ।
शनिबार दिउँसो १२ बजेको गर्मी भएको बेला भगवानपुर गाउँपालिका– २ लहरास्थित रुखको छहारीमा बस्ने विषयमा विवाद हुँदा कुटाकुट भएको प्रहरीले जनाएको छ ।
नेकपाका दुनियालाल यादव र जसपाका जसिलाल यादव पक्षबीच कुटाकुट भएका छन् ।
नेकपा र जसपा कार्यकर्ताबीच झडप भएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवले जानकारी दिएका छन् ।
घाइते हुनेमा दुनियालाल पक्षको सुखिलाल यादव, कुन्देश्वर यादव, किशोर यादव, जिगिन्द्र यादव, वीरेन्द्र यादव, जिबछ यादव, मिथिलेश यादव, जुनियालाल यादव, दीपक यादव, सन्दीप यादव, लालै यादव, प्रदीप यादव, उन्देश्वर यादव, जोगी यादव रहेका छन् ।
अर्को पक्षमा तर्फ जसिलाल यादव, श्यामसुन्दर यादव, सञ्जीव यादव, सन्तोष यादव, देवचन्द्र यादव, श्यामसुन्दर यादव, बच्चालाल यादव, फजिल यादव, छविलाल यादव रहेका छन् ।
शुक्रबार राति सीमावर्ती बरियारपट्टि गाउँपालिका–१ कचनारी गाउँस्थित जसपा र कांग्रेस कार्यकर्ताबीच धान खेतमा पानी पट्याउने विषयमा विवाद भएको छ ।
कुटाकुटमा कांग्रेसका गर्भु यादव, सुरेन्द्र यादव, विजयकुमार यादव, रामउदगार यादव, रामप्रकास यादव, स्वस्तीकादेवी यादव, रामजीवन यादव र मञ्जु गिरी घाइतेका छन् ।
जसपाका रामनाथ यादव, मिथिलेश यादव, श्याम यादव, दिनेश यादव, सिकिन्द्रभगत यादव घाइते भएका छन् ।
झगडा छुटाउन गएका प्रहरी जवान देवकुमार यादव र राजेश सिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया