कांग्रेस नेता एवम् पूर्वमन्त्रीलाई पनि कोरोना संक्रमण, स्वास्थ्यमा सुधार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वउद्योग राज्यमन्त्री कञ्चन वादेलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
काभ्रे जिल्ला निवासी वादे पूर्वसांसद पनि हुन् । कोरोना संक्रमण भएपछि उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
कांग्रेस नेता वादेको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
दश दिन अगाडि काभ्रेस्थित घरमा ज्वरो आएपछि बनेपामा उनको उपचार गराइएको थियो ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कांग्रेस नेता वादेलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।
हाल उनको स्वास्थ्य अवस्थामा सुधार भएकाले आइसियूबाट सामान्य बेडमा सार्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । केही समयअघि उनले मुटुको उपचार गराएका थिए ।
Published : Friday, 2020 August 28, 5:51 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया