ओली सरकारका दुई शक्तिशाली मन्त्रीहरू आईसोलेसनमा
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारका दुई शक्तिशाली मन्त्रीहरू आइसोलेसनमा बसेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बसेका हुन् ।
उनीहरू आईसोलसनमा बसेका कारण शनिबारको सचिवालय बैठक स्थगित गरिएको एक नेताले बताए ।
कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको ती नेताले बताए ।
नेकपाको केन्द्रीय सचिवालयको बैठक भदौ १८ गते बस्नेछ ।
Published : Friday, 2020 August 28, 4:22 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया