यी हुन् चिनी काण्ड मच्चाउने महानिर्देशक मतिना, पाइन् सजाय

काठमाडौं । अखाद्य चिनी खान योग्य बनाएको अभियोग लागेकी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी बैद्यको सरुवा भएको छ ।

व्यापारीहरूलाई फाइदा हुने गरेर अखाद्य चिनीलाई खान योग्य बनाएको काण्डमा परेकी महानिर्देशक बैद्यलाई सरकारलाई सरुवा गरेको हो ।

जोशीले अखाद्य चिनी खान योग्य बनाएको प्रकरणमा मुछिएपछि विवादित बनेकी थिइन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैद्यलाई कर्णाली प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरत बहालवाला महानिर्देशकको पहिलोपटक सरुवा भएको छ ।

विभागमा अन्य निकायबाट कर्मचारी सरुवा गर्न नमिल्ने र अन्य निकायमा पनि सरुवा गर्न नमिल्ने व्यवस्था हुँदाहुँदै पनि जोशीलाई अन्य निकायमा सरुवा गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक सहसचिबका अनुसार बैद्यलाई बढुवाभन्दा चिनी प्रकरणमा कारवाहीबापत महानिर्देशकको जिम्मेवारी रहँदै अन्य निकायमा सरुवा गरिएको हो ।

Published : Friday, 2020 August 28, 7:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया