बिहीबार कोरोनाले काठमाडौंमा रेकर्ड बनायो, एघार सय काट्यो संख्या, ८ को मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि ११११ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३३४ महिला र ७७७ पुरुष गरि १ हजार १ सय ११ जनामा कोरोना संक्रमण भेटिएको बताए । उनले ५६९ निको भएर डिस्चार्ज भएको बताए । निषेधाज्ञा शुरू भएपछि पहिलाे पटक काठमाडाैं उपत्यकामा ३७७ जनामा काेराेना देखिएकाे छ ।

प्रवक्ता डा.गौतमले पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । महिला ५ र ३ जना पुरुषको मृत्यु भएको हो ।

ललितपुरमा ६५ वर्षीया महिला, बारामा २३ वर्षीया महिला, कास्कीमा ३२ वर्षीया महिला, रुपन्देहीमा ७० वर्षीया महिला र बाँकेमा ७० वर्षीया महिलाको मृत्यु भएको छ ।

काठमाडौंमा ४८ वर्षीय पुरुष र पर्साको ६२ वर्षीय पुरुष र कपिलवस्तुको ५० वर्षीय पुरुषको मृत्यु भएको छ । योसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

डा.गौतमले खोटाङमा १, मोरङमा २०, संखुवासभामा ४, सुसरीमा ३८, धनुषमा ३९, पर्सामा ८५, बारामा ३०, महोत्तरीमा ७, रौतहटमा १५, सप्तरीमा २२, सर्लाहीमा ६, सिरहामा ७ जनामा कोरोना संक्रमण भेटिएको बताए ।

उनले काठमाडौंमा २७०, काभ्रेमा १३, चितवनमा ४५, दोलखामा २, धादिङमा १, नुवाकोटमा ७, भक्तपुरमा ४१, रामेछापमा ६, मकवानपुरमा ६३, सिन्धुपाल्चोकमा ३, सिन्धुलीमा ५ र ललितपुरमा ६६ जनामा कोरोना देखिएको छ ।

कास्कीमा २, गोरखामा १, तनहुँमा ११, नवलपुरमा १७, पर्वतमा १, लमजुङमा ३, बाग्लुङमा ८ जनामा कोरोना देखिएको डा.गौतमले बताए ।

कपिलवस्तुमा २१, गुल्मीमा ३, दाङमा २, नवलपरासीमा १८, प्यूठानमा ४, बर्दियामा १, बाँकेमा ७५, रुपन्देहीमा ७२ जनामा कोरोना देखिएको छ ।

जाजरकोटमा ५, दैलेखमा १२, सुर्खेतमा ९, कञ्चनपुरमा ६, कैलालीमा २०, डोटीमा ६, बझाङमा १, बैतडीमा १७ जनामा कोरोना संक्रमण भेटिएको प्रवक्ता डा.गौतमले बताए ।

Published : Thursday, 2020 August 27, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया