काठमाडौंमा अहिलेसम्मकै उच्च संक्रमित भेटिए, ११ को मृत्यु, कुन जिल्लामा कति संक्रमित ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि ८८५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले २९९ महिला र ५८६ पुरुष गरि ८८५ जनामा कोरोना देखिएको बताए । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना देखिएको छ । उनले ३८५ जना कोरोनाबाट निको भएको जानकारी दिए ।
डा.गौतमले खोटाङमा १, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३, सुनसरीमा ५५, धनुषामा ४३, पर्सामा १, बारामा २४, महोत्तरीमा १८, रौतहटमा २०, सप्तरीमा १, सर्लाहीमा १२०, सिरहामा ३ जनामा कोरोना भेटिएको बताएका छन् ।
काठमाडौंमा २३०, काभ्रेमा २१, चितवनमा ४२, दोलखामा २, धादिङमा २, भक्तपुरमा २४, मकवानपुरमा १८, रामेछापमा १, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको छ ।
कास्कीमा ४, गोरखामा १, नवलपुरमा ७, लमजुङम २३, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६, नवलपरासीमा २, प्यूठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९ र रोल्पामा १ जनामा कोरोना भेटिएको छ ।
जाजरकोटमा १, दैलेखमा १, सल्यानमा १, सुर्खेतमा ७, अछाममा २०, कञ्चनपुरमा २, कैलालीमा २९, डडेल्धुरामा २, डोटीमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
डा.गौतमले पछिल्ला २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका छन् । मृत्यु हुनेमा दुई महिला र ९ जना पुरुष रहेका छन् ।
मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालमा ४५ र ५० वर्षीय २ जना पुरुष, महोत्तरीमा ६०, ७५ र ७२ वर्षीय गरि ३ जना पुरुष रहेका छन् ।
बाँकेका ३७ वर्षीय, काठमाडौंमा ५१ वर्षीय पुरुष, बाराका ४१ वर्षीय र ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँग हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पगेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया