काठमाडौं कांग्रेसका नेता एवम् वडा सभापति रञ्जितको कोरोनाबाट निधन
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका नेता गोवन्द रञ्जीतको कोरोनाभाइरसको संक्रमण उपचारका क्रममा निधन भएको छ ।
कांग्रेस नेता रञ्जितको मंगलबार बिहान निधन भएको कांग्रेस नेता राजुराज जोशीले जानकारी दिएका छन् ।
जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत रञ्जितको कोभिड–१९ को उपचारका क्रममा निधन भएको जनाएका हुन् ।
काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमिति सभापति समेत रहेका रञ्जित स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवार रहेका थिए ।
रञ्जितको निधनप्रति काठमाडौं कांग्रेसले दुःख व्यक्त गरेको छ ।
Published : Tuesday, 2020 August 25, 10:50 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया