झापामा दर्जनौँ युवाहरू कांग्रेसमा प्रवेश, सिटौलाद्वारा स्वागत
दमक । झापा जिल्लामा राप्रपा छाडेर दर्जनौँ नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
झापामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्नेमा रविन ढुंगाना, किरण भण्डारीलगायतका दर्जनौँ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेता सिटौलाले कांग्रेसले लोकतन्त्र र जनताको पक्षमा सधैँ काम गरिरहेको बताए । उनले झण्डै दुईतिहाइको बहुमत हुँदा पनि सरकारले काम गर्न नसकेको बताएका छन् ।



Published : Monday, 2020 August 24, 9:38 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया