सोमबार कुन जिल्लामा कति संक्रमित थपिए ? ८ जनाको मृत्यु, काठमाडौंमा घटेन तथ्याङ्क
काठमाडौं । काठमाडौं उपत्यकामा २२४ जनासहित पछिल्लो २४ घण्टामा देशभरि ७४३ जना कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले २४६ महिला र ४९७ पुरुष गरि ७४३ जनामा कोरोना देखिएको बताए ।
१७५ जना निको भएर डिस्चार्ज भएको उनले बताए । डा.गौतमले मुस्ताङ र हुम्लामा मात्रै शून्य संक्रमित रहेको बताए ।
डा.गौतमले पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।
उनले सुनसरीको ६८ वर्षीय पुरुष, मोरङका एक जना ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला, रुपन्देहीमा ६७ वर्षीया महिला तथा ५३ वर्षीय र ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।
काठमाडौं उपत्यकामा २२४ जना संक्रमित देखिएका छन् । काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
डा.गौतमले इलाममा १, उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोरङमा ३१, संखुवासभामा २ र सुनसरीमा २३ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए ।
धनुषामा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८ र सिरहामा १० जनामा कोरोना भेटिएको डा.गौतमले बताए ।
काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, मकवानपुरमा १८, रामेछापमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना संक्रमण भेटिएको उनले बताएका छन् ।
कास्कीमा २, गोरखामा १, तनहुँमा ३, नवलपुरमा ५, म्याग्दीमा १, बाग्लुङमा २ र स्याङमा १ जनामा कोरोना देखिएको छ ।
अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा ४, नवलपरासीमा ५, पाल्पामा २, बर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ६ रोल्पामा २ जनामा कोरोना संक्रमण भेटिएको छ ।
कालीकोटमा ३, जाजरकोटमा १९, रुकुम पश्चिममा १८, सुर्खेतमा ११ जनामा कोरोना संक्रमण भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशमा १९, कैलालीमा ७९, डडेल्धुरामा ४, दार्चुलामा १, बाजुरामा १ र बैतडीमा ३ जनामा कोरोना संक्रमण भेटिएको प्रवक्ता डा.गौतमले बताएका छन् ।
डा.गौतमले सबै कोभिड–१९ अस्पतालहरूले सबै सेवा दिने गरि काम अगाडि बढाउने निर्णय भएको जानकारी दिए ।
काठमाडौं र तराईका जिल्लाहरूमा संक्रमितको संख्या बढ्दै गएको भन्दै उनले लक्षण भएका बिरामीहरूलाई अस्पतालमा भर्ना गरिने बताए । उनले लक्षण नभएका बिरामीहरूलाई होम वा संस्थागत आइसोलेसनमा राखिने बताए । उनले बिरामी भर्नामा भ्रम पर्न गएको भए सच्याइएको बताएका छन् ।
नेपालमा कोरोनाविरुद्धका भ्याक्सिनहरू ट्रायल भइरहेको भन्दै उनले स्वतः स्फुर्त रुपमा सहभागी हुने बताए । डा.गौतमले स्वास्थ्यकर्मी र चिकित्सकहरूमा कोरोना संक्रमित बढिरहेको भन्दै उनले स्वास्थ्य सर्तका अपनाउन अनुरोध गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया