जनतालाई अलपत्र छाडेर रेणु तीज मनाउन सुटुक्क काठमाडौं गइन्, प्रचण्डको घरमा दर खाएर बबाल रमाइलो
भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दर खान र तीज मनाउन काठमाडौं गएकी छिन् ।
महानगरपालिकाभित्र निषेधाज्ञा जारी गरेर दाहाल बुबा पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासतिर गएकी हुन् । रेणु बिहीबार काठमाडौं प्रस्थान गरेकी छिन् । उनी अब भदौ ७ गते मात्रै फर्किनेछिन् ।
कोरोनाका कारण भरतपुरमा जनता तीनका बेला के खाउँ ? कसरी बसौँ भनेर चिन्तित बनेका बेला प्रचण्डकी छोरी मेयर रेणु भने काठमाडौं हान्निएकी हुन् ।
निषेधाज्ञा जारी भएपछि भरतपुर महानगरपालिका सुनसान छ । तीज मनाउन जान पनि दिइएको छैन । सडकमा फाटफुट देखिएकालाई पनि पक्राउ गरेर जरिवाना तिराइएको छ । रेणु भने सरकारी गाडीमा चढेर काठमाडौं गएपछि उनको आलोचना भएको छ ।
उनले बिहीबार दर खाएर आफ्नी बहिनी गंगा दाहाल र छोरीहरूसँग सामूहिक तस्वीर खिचेर फेसबुकमा हालेकी छिन् । कोरोनाले भरतपुरका जनता तीजका बेला भोकै बस्नु परेका बेला रेणु भने बुबा प्रचण्डको दर खाएर बबाल रमाइलो गरेकी छिन् ।
आक्कल–झुक्कल माइत हिँड्नेलाई प्रहरीले जरिवाना तिराउने गरेको छ । चितवन प्रहरीले सडकमा हिँड्नेबाट पाँच लाख रुपियाँभन्दा बढी जरिवाना असुल गरिसकेको छ । मेयर रेणु आफू भने सुटुक्क माइत पुगेकी छिन् ।

भरतपुर महानगरका नागरिकलाई घरमै बस्न उर्दी जारी गरेर आफू सुटुक्क माइत पुगेको भन्दै महानगरभित्र रेणुको आलोचना भइरहेको छ ।
रेणले माइत पुगेर ‘तीज विशेष छोरीहरूको साथ’ भन्दै फेसबुकमा तस्बिर आफैले पोस्ट गरेपछि कमेन्टमा समेत आलोचना भएको छ ।
भरतपुर महानगरमा कोरोनाका बिरामी राख्ने ठाउँ छैन । महानगरमै बसेर समस्या समाधान गर्न पहल गर्नुपर्ने समयमा रेणु दाहाल तीजको रमाइलो मान्न हिँडेकी हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया