काठमाडौंमा २ सयसहित बिहीबार ७०७ जनामा कोरोना, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि ७०७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना संक्रमित भेटिएको बताए । महिला १९२ र पुरुष ५१५ जना रहेका छन् ।

डा.गौतमले २६४ जना कोरोनाबाट निको भइ डिस्चार्ज भएको जानकारी दिए ।

काठमाडौं उपत्यकामा दुई सय जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित भेटिएका छन् ।

डा.गौतमले उदयपुरमा ४, झापामा १, तेह्रथुममा ९, धनुकटामा १, मोरङमा ९ जनामा कोरोना देखिएको छ ।

धनुषामा ३१, पर्सामा ५५, बारामा ८, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीम १९, सर्लाहीमा ९३ र सिरहामा २१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

काभ्रेमा १, चितवनमा १, दोलखामा २, धादिङमा २, नुवाकोटमा ३, मकवानपुरमा २५, सिन्धुपाल्चोकमा १, सिन्धुलीमा १ जनामा कोरोना देखिएको छ ।

कास्कीमा १९, गोरखामा १, तनहुँमा २, नवलपुरमा ३, बागलुङमा ८, स्याङजामा १, कपिलवस्तुमा ३०, गुल्मीमा ३, दाङमा ४, प्युठानमा १, बर्दियामा २, बाँकेमा १६, रुपन्देहीमा १८, रोल्पामा १ जनामा कोरोना देखिएको छ ।

कालीकोटमा १, जाजरकोटमा १, दैलेखमा १९, रुकुमपश्चिममा १, सल्यानमा १, सुर्खेतमा १ जनामा कोरोना देखिएको छ ।

अछाममा ३१, कैलालीमा १, डडेल्धुरामा २, डोटीमा १६, दार्चुलामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना देखिएको डा.गौतमले बताए ।

मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौंमा पाँच सयभन्दा धेरै संक्रमित रहेको डा.गौतमले बताए । उनले भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला शून्य संक्रमित रहेको जिल्ला रहेको बताए ।

Published : Thursday, 2020 August 20, 4:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया