कोरोना उपचारमा आयुर्वेद चिकित्सा पद्धति प्रयोग गर्न कांग्रेसका नेता चपागाइँको अपील
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले आयुर्वेद उपचार पद्धतिलाई सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
कोरोना महामारीका बेला सरकारको ध्यान आयुर्वेद औषधि र चिकित्सा पद्धतितिर जान नसकेको भन्दै चापागाइँले आयुर्वेद औषधिका विषयमा विशेष ध्यान दिनुपर्ने बताए । बिहीबार आयुर्वेद चिकित्साका विषयमा कुरा गर्दै चापागाइँले आफ्नै मुलुकमा सहज रुपमा पाइने जडीबुटीको प्रयोगमा ध्यान दिनुपर्ने बताएका हुन् ।
‘सरकारले आयुर्वेद औषधि र उपचार पद्धतिमा धेरै ध्यान दिएको छैन । स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेदका क्षेत्रमा रहेका चिकित्सक र कर्मचारीहरूलाई कोरोना महामारीका बेला सक्रिय बनाउनुपर्छ’, उनले भने, ‘कोरोनाको महामारीका बेला इम्युनिटी पावर बढाउने विषयमा आयुर्वेद औषधिको धेरै महत्व रहेको सुनिनमा आएको छ ।’
स्वयम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले नै बेसार, तातोपानीको प्रयोग गर्दा कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि केही हदसम्म भएपनि सहयोग हुने यसअघि बताइसकेको प्रशंग कोट्याउँदै कांग्रेसका युवा नेता चापागाइँले भने, ‘रोगसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउने गुर्जोलगायतका आयुर्वेदिक औषधिहरू खाने गरिएको बैद्यहरूले बताइरहेका छन् ।’
सरकारले आयुर्वेद औषधि र त्यससँग सम्बन्धित चिकित्सक र कर्मचारीहरूलाई कोरोना महामारीका बेला संक्रमितको उपचारमा संलग्न गराउनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीजीले आफै आयुर्वेदका विषयमा सार्वजनिक कुरा गर्नु हुन्छ । तर, आयुर्वेदका चिकित्सालय र जिल्लाहरूमा रहेका चिकित्सक तथा कर्मचारीहरूलाई कोरोना रोकथाम तथा उपचारमा लगाउनु भएको छैन ।’
चापागाइँले आयुर्वेद क्षेत्रका चिकित्सक र कर्मचारीहरूलाई छिटोभन्दा छिटो कोरोनाभाइरसका संक्रमितहरूको उपचार पद्धतिमा सक्रिय बनाउन सरकारसँग अपील गरेका छन् ।
कोरोनाभाइरसको संक्रमणविरुद्धको औषधि संसारभरि बनेको छैन । तर, आयुर्वेद औषधिहरूको सेवनले संक्रमणबाट बचाउन नसकेपछि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर आयुर्वेद क्षेत्रका विज्ञहरूलाई उदृत गर्दै समाचारहरू आइरहेका छन् ।
कोरोना संक्रमितहरूले पनि नियमित रुपमा लसुन, ज्वानोको झोल, अदुवा, टिमुर, बेसार, तातोपानी, कागती, गुर्जो, जिरालगायतका आयुर्वेद खाने गरको यसअघि पनि बताइसकेका छन् । यी आयुर्वेद औषधि र मसलाले कोरोना निको पार्दैन । तर, त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने दाबी गरिएको छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत पनि काठमाडौं उपत्यकासहित देशभरि आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीहरू छन् । उनीहरूलाई पनि कोरोना संक्रमितको उपचारमा लगाउनुपर्ने माग उठिरहेका बेला तरुण दलका उपाध्यक्ष तथा कांग्रेसका युवा नेता चापागाइँले पनि आयुर्वेद चिकित्सका पद्धतिका विषयमा ध्यान दिन सरकारसँग अनुरोध गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया