ओलीकै सामु दुई मन्त्रीले देखाए रमिता, भट्टराईले सातो लिएपछि पोखरेल कालोनिलो
काठमाडौं । बालुवाटारभित्र दुई जना कम्युनिस्ट सरकारका मन्त्रीहरूले रमिता देखाएका छन् ।
बुधबार राति बसेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गठन गरको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकको शुरुमै उपप्रधानमन्त्री ईश्वर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईबीच भनाभन भएको हो । पोखरेल र भट्टराईबीचको भनाभन चर्किन थालेपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले रोकेका थिए ।
ओलीले रोकेपनि सरसल्लाह नै नगरी पोखरेलले सिसिएमसीबाट निर्णय गरेर पर्यटन मन्त्रालयको काममा हस्तक्षेप गरेको भन्दै भट्टराई पड्किएका थिए । भट्टराईले पोखरेलको सातो लिएपछि बैठकमा पोखरेल चुपचाप लागेर कालोनिलो भएका थिए ।
सिसिएमसीमार्फत उपप्रधानमन्त्री पोखरेलले विदेशबाट स्वदेश आउन चाहने नेपालीहरूको उडान रोकेपछि पर्यटनमन्त्री भट्टराई रिसाएका हुन् ।
स्रोतका अनुसार भट्टराईले भने, ‘कसको आदेश र निर्देशन तथा परामर्शमा विदेशबाट उद्धार गरेर ल्याउने नेपालीहरूको उडान तपाईले रोक्नुभयो ? यसमा तपाईको के स्वार्थ लुकेको छ ? यसको छानविन गर्नुपर्छ ।’ ओली पनि भट्टराईप्रति ऐक्यवद्धता जनाउँदै सो घटनाको छानविन गर्ने आश्वासन दिएका छन् ।
त्यसपछि उपप्रधानमन्त्री पोखरेलले सबैको सल्लाहमा विदेशबाट उद्धार गरिने नेपालीहरूलाई स्वदेश आउन रोकिएको जवाफ दिएका थिए ।
नेपाल एयरलाईन्सलाई यात्रु लिन नदिएकै दिन स्तानबुलबाट टर्किस एयरलाईन्सलाई दुई सय एक जना यात्रु लिएर आउन दिएको थियो । मंगलबार बिहान नेपाल एयरलाईन्सलाई रित्तै आउन भनियो । तर, सोही दिन अपरान्ह चार बजे टर्किस एयरले खचाखच यात्रु लिएर नेपाल आएको थियो ।
भट्टराईले पोखरेललाई झापरर्दै टर्किस एयरलाईन्सलाई किन यात्रु लिन दिएको भनेर कडा प्रश्न गरेका थिए ।
दुबई विमानस्थलमा नेपाल एयरलाईन्सको वाइडबडी विमान पुगेको थियो । पोखरेल नेतृत्वको सिसिएमसीको आदेशमा २६६ नेपाली यात्रुलाई नलिएर रित्तै मंगलबार फर्किएको थियो । त्यसपछि सरकारको आलोचना भएको थियो ।
सोमबार वाइडबडी विमानले २ सय ३२ जना यात्रु लिएर दुबई उडेको थियो ।
यसैबीच, बैठकमा कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा फैलिएको विषयमा छलफल भएको छ । सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले कोरोना रोकथाम र नियन्त्रणसम्बन्धी कार्ययोजना ओली समक्ष पेश गरेका थिए ।
कार्ययोजना हेरेपछि बिहीबार बालुवाटारमा बस्ने मन्त्रिपरिषद बैठकबाट ठोस लिने भनिएको छ । ओलीले कोरोना रोकथाम गर्न सबै उपाय अपनाउन सरकार तयार रहेको जनाएका छन् ।
बुधबार मध्यरातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु हुँदै छ । निषेधाज्ञाका क्रममा मर्निङवाक समेत हिँड्न नदिने गरेर तयारी काठमाडौं, भक्तपुर र ललितपुर गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया