कोरोनाले जनता ज्यान गुमाउँदै, नेकपाकी सचेतक भने नयाँ रंगिन कपडा लगाएर यसरी टिकटकमा नाच्दै

काठमाडौं । कोरोनाभाइरसको संक्रमण र महामारीबाट जनताले धमाधम ज्यान गुमाइरहेका छन् । प्रत्येक दिन सयौँको संख्यामा संक्रमितहरू बढिरहेका छन् ।

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना रोकथाम र नियन्त्रणमा काम गर्न नसकेको भनेर आलोचना भइरहेको छ ।

ओलीको कम्युनिस्ट सरकार कोरोना नियन्त्रणमा भन्दा पनि सत्ता बचाउन खेल र स्वास्थ्य सामग्री खरिदमा कमिशनको चक्करमा लागेको छ ।

यता, ओलीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलकी सांसद एवम् सचेतक शान्ता चौधरीलाई भने तीज लागिसकेको छ । देशभरिका गरिव जनताको पक्ष आवाज उठाउने भनेर दाबी गर्ने कम्युनिस्ट नेतृहरूबाट गरिने नसुहाउने गतिविधिले धेरै जनताको मन दुःखाएको छ ।

अझै सचेतक चौधरीले कमलरीको नाममा धेरै अवसर पाइसकेकी छिन् । अवसरको कुरा हुनेवित्तिकै उनले कमलरीको कुरा उठाइहाल्छिन् । भावकु कुरा फेसबुकमा लेखेर होस् वा आफू निकटका सञ्चारमाध्यममा समाचार लेखाएर सहानुभूति बटुल्ने कार्य गर्दै आएकी छिन् ।

सामाजिक सञ्जालमा सेलिब्रेटीको रुपमा परिचित चौधरीले तीजको दर खानुभन्दा एक दिन अगाडि बुधबार रंगिन कपडाहरू लगाएर टिकटकमा नाचेको भिडियो बनाएर सेयर गरेकी छिन् । त्यति मात्रै होइन सांसद चौधरीले त्यो भिडियोलाई आफ्नो फेसबुकमा समेत राखेकी छिन् ।

जनता कोरोनाभाइरसको संक्रमणबाट कसरी बच्ने र बिहान बेलुका के खाने हो भनेर डराइरहेका बेला नेकपाकी सचेतक चौधरी भने जनताको समस्यामा भन्दा पनि नाचगान र टिकटकमा नाचेको भिडियो बनाएर राख्न व्यस्त बनेकी छिन् । रंगिन कपडाहरू प्रदर्शन गर्न व्यस्त रहेकी छिन् ।

नेतृ चौधरीको यो कार्यको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कमलरीको कुरा सधैँ उठाएर भावनात्मक ब्ल्याकमेलिङ गरेर पद प्राप्त गर्दै आएको आरोप नेकपाकी सचेक चौधरीलाई छ ।

उनले कोरोना महामारीका बेला जनताका पक्षमा के–के काम गरिन् भनेर प्रश्न पनि उठेको छ ।
सामाजिक सञ्जालमा नयाँ र महँगा रंगिन कपडा लगाएर नाचेको भिडियो राख्दैमा सचेतक चौधरीको दायित्व पूरा हुँदैन । जनताको पक्षमा काम गर्नुपर्छ ।

सांसद चौधरीले मात्रै तीजका अवरमा राम्रा र रंगिन कपडा लगाउँदैमा सबै नारीको भावनाको प्रतिनिधित्व हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ ।

https://www.facebook.com/republicadainik2/videos/295250038445736/
Published : Wednesday, 2020 August 19, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया