यी हुन् ललितपुरमा माओवादी र पारस शाहको सातो लिने कांग्रेसका युवा नेता तिमल्सिना, तरुण विभागमा मनोनीत

लगनखेल । ललितपुर कांग्रेसका युवा नेता पदमनारायण तिमल्सिना ‘नेपाली कांग्रेस तरुण विभाग’को सदस्यमा मनोनीत भएका छन् ।

कथित माओवादी सशस्त्र द्वन्द्वका बेला कांग्रेसको संगठन निर्माणमा ललितपुर कांग्रेसका नेताहरूलाई अग्रपंक्तिमा रहेर साथ दिएका तिमल्सिना तरुण विभागको सदस्यमा मनोनीत भएका हुन् ।

उनले ०६२–६३ को जनआन्दोलनका बेला तिमल्सिनाले तत्कालीन युवाराज पारस शाहलाई ललितपुरको सन्धारामा कालोझण्डा देखाएर लोकतन्त्रको पक्षमा बुलन्द आवाज उठाएका थिए ।

तिमल्सिना कांग्रेसमा अवसर नपाएका युवामा पर्छन् । उनको योगदानको कदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण विभागमा मनोनीत गरेका छन् । तिमल्सिनाले पार्टीभित्र बल्ल न्याय पाएका छन् ।

तिमल्सिना प्रजातन्त्राका लागि ०४६ सालको जनआन्दोलनमा सक्रिय रुपमा सडकमा उत्रिएका थिए ।

०४६ सालको जनआन्दोलनकै क्रममा तिमल्सिनालाई ललितपुरबाट प्रहरीले पक्राउ समेत गरेको थियो । पक्राउ परेका तिमल्सिना बहुदल घोषण भएपछि रिहा भएका थिए ।

यवा नेता तिमल्सिनालाई ०६४ सालको पहिलो संविधान सभा निर्वाचनका बेला तत्कालीन माओवादीले मतदानको अघिल्लो दिन राति कालेश्वमा बन्धक समेत बनाएको थियो ।

ललितपुरमा तिमल्सिनासँग डराएको माओवादीले मतदानमा धाँधली गर्न पाइन्न भन्ने बुझेरै बन्धक बनाएको थियो । मतदान सम्पन्न भएपछि माओवादीले उनलाई बेलुकी छोडेका थिए । कम्युनिस्ट भनेपछि तिमल्सिनाले जरै उखेलेर फाल्नुपर्ने धारणा राख्ने गर्छन् ।

निडर स्वभावका तिमल्सिनाले शाही सरकारको समयमा ०६२–६३ को लोकतान्त्रिक आन्दोलनमा तत्कालीन युवराजधिराज पारस शाहलाई कालोझण्डा देखाएर चर्चामा आएका थिए ।

तिमल्सिनाले कांग्रेसका लागि आफूलाई सधैँ बलिदानीका लागि अग्रभागमा राख्ने गरेका छन् । उनले कांग्रेस र लोकतन्त्रका लागि पटक–पटक परीक्षा दिएर उत्तीर्ण भएको नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले बताए ।

दोस्रो जनआन्दोलनका बेला तत्कालीन तरुण दलका केन्द्रीय सदस्य तथा उपत्यका युवा परिचालनका संयोजक महर्जनको नेतृत्वमा आन्दोलनहरू भएका थिए । ती आन्दोलनमा महर्जनलाई तिमल्सिनाले मनैदेख साथ दिएका थिए । महर्जनले अहिले पनि तिमल्सिनाको साहसिक, निडर र हक्की स्वभावको प्रशंसा गर्न पछाडि पर्दैनन् ।

तिमल्सिना ललितपुर क्षेत्र नम्बर १ का लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवारीलाई विजय गराउन तिमल्सिनाको महत्वपूर्ण भूमिका रहेको थियो ।

Published : Wednesday, 2020 August 19, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया