मंगलबार कोरोना संक्रमितको तथ्याङ्कले रेकर्ड तोड्यो, यस्तो छ जिल्लागत तथ्याङ्क

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि एक हजार १६ जना संक्रमित भेटिएको जनाएको छ ।

मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १ हजार १६ जनामा कोरोना देखिएको बताए । मंगलबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना देखिएको छ ।

झापामा २१, खोटाङमा १, मोरङमा १०८, ओखलढुंगामा १, पाँचथरमा १, सुनसरीमा ८, उदयपुरमा २, संखुवासभामा ३, बारामा ४२, धनुषामा ६४, महोत्तरीमा २४, पर्सामा १२८, रौतहटमा ३७, सप्तरीमा ३, सर्लाहीमा १०७, सिरहा १६, भक्तपुर १७, चितवन ४९, धादिङ २, दोलखा २, काठमाडौं १३८, काभ्रेमा २१, ललितपुर ५०, मकवानपुर ३०, सिन्धुली, सिन्धुपाल्चोक ३, बागलुङ ३, गोरखा २, कास्की १६, लमजुङ १, नवलपुर ४, स्याङजा १, तनहुँ २, बाँके ६, बर्दिया ९, दाङ १, कपिलवस्तु १९, नवलपरासी १, रोल्पा १, रुपन्देही १४, दैलेखमा ५, रुकुम पश्चिममा १, सुर्खेतमा १, दार्चुला २, डोटीमा ४६, कैलाली १ र कञ्चनपुर १ गरि एक हजार १६ संक्रमित भेटिएका छन् ।

मंगलबार जम्मा ८१ जना मात्रै निको भएका छन् ।

Published : Tuesday, 2020 August 18, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया